अभावको बजारमा...

 




अभावको बजारमा, एउटा अभाव तिमी
बन्न आउनु जिन्दगीको शुभ-लाभ तिमी
 
हराएको ओठ हो कि हराएको हो मुस्कान
भत्कि जान्छ तिमी बिना सपनाको तान
नापतौलको बजारमा, एउटा नाप तिमी
बन्न आउनु जिन्दगीको शुभ-लाभ तिमी
 
आँखामा मोती फल्छ हृदयमा फूल
तिमी हास्दा उमंगको फुटिदिन्छ मुल
कारोबारको बजारमा, एउटा प्रस्ताव तिमी
बन्न आउनु जिन्दगीको शुभ-लाभ तिमी

 ****
२०७३/०८/१७ 
काठमाडौं ।


Related Posts

Subscribe Our Newsletter

0 Comments to "अभावको बजारमा..."