गाउँ (दुई)





गाउँ (दुई)



गाउँमा
कहिल्यै निभ्दैन आगो
लामालामा चुरोट पिएर बस्छ चुलो ।

गाउँमा
कहिल्यै सुक्दैन पानी
आँखाभरी हार्दिकता संगालेर बसेकी हुन्छे पधेरी ।

गाउँमा
कहिल्यै मर्दैन भाषा
पुर्खाले लेखिदिएको छ जिब्रोमा – लिपि ।

गाउँमा
कहिल्यै भाँचिदैन छिमेकीको मन्
अर्मपर्मले जोडीदिएको छ भावनाको पुल

गाउँमा भाँचिने भनेको
एउटै कुरा छ
त्यो हो सरकारको बाटो ।
*****


Related Posts

Subscribe Our Newsletter

0 Comments to "गाउँ (दुई)"