गाउँ (एक)




गाउँ (एक)


पहाडको हत्केलामा चम्किला मोती
मेरो गाउँको जम्मै सौन्दर्य

रातो फेटा बाँधेर
अनुहारमा कमेरो घसेकाका घरहरु
ढुंगाको चुच्चे टोपी लगाएर मुस्कुराएका घरहरु ।

नदी गाउँको भाग्य रेखा ।
भञ्ज्याङ्, बाटो र चौतारी कर्म रेखा गाउँको ।
बेशीमा खेतका गह्रा
झुलेका बालीनाली  गाउँको ( जीवनरेखा ।

पलंङ डाडाँको सुर्य रेखामा
जब छर्छ घामले बीउँ
तब हातमा हसिया र नाम्लो बोकेर
गाउँको सिढीमा क्याटवाक गर्छन केही अप्सराहरु

घाम पोतेर अनुहारमा
लिएर बाहन हल गोरु
बेशीलाग्छन् केही देवताहरु

अहो स्वर्ग भन्नु त गाउँ पो रहेछ ।
*****

(कविता सङ्‌ग्रह कमरेड  रोल्पाबाट )




Related Posts

Subscribe Our Newsletter

0 Comments to "गाउँ (एक)"