बन्दुकको भाषा
Friday, May 22, 2020
Add Comment
बन्दुकको भाषा
रामविलास !
मधुर आवाज सुन्दैन– सरकार
पटक्कै बुझ्दैन– सभ्य भाषा
र गीतका शिष्ट लयहरु ।
आफै भन,
कसरी सुन्न सक्छ– कविता ?
कसरी महसुस गर्न सक्छ भाव ?
जो मात्र देख्न सक्छ–
ट्रिगर र चोर औँला,
जो मात्र पढ्न सक्छ–
बन्दुकको भाषा र आगोको सौन्दर्य ।
चलो मेरे भाइ !
पहिले बन्दुक पड्काऊ
सरकारको आँखाकान खुलेपछि
फेरि हामी कविता सुनाउँला ।
*****
(कविता सङ्ग्रह कमरेड रोल्पाबाट )
Related Posts
Subscribe Our Newsletter


0 Comments to "बन्दुकको भाषा"
Post a Comment