युवा
Friday, May 22, 2020
Add Comment
युवा
म माटो हुँ
कोही मलाई गमला बनाउनू
र फुलाउनू– एक थुङ्गा राष्ट्रियता !
म चट्टान हुँ
कोही उठाउनू मलाई
र देशको सिमानामा खडा गर्नू !
म अक्षर हुँ
कोही मलाई कविता बनाउनू, गीत बनाउनू
र टाँसिदिनू– देशभक्तको ओठमा !
लिपि हुँ म
कोही मलाई अब्बल भाषा बनाउनू
र राखिदिनू आदिवासी जिब्रोमा !
मै फुल हुँ, मै भमरा हुँ
कोही मलाई कहानी बनाउनू,
यी सब कुरा छोडेर
खासमा म युवा हुँ
मलाई ठाकठोक पारेर– कोही देश बनाउनू !
***
(कविता सङ्ग्रह कमरेड रोल्पाबाट )
Related Posts
Subscribe Our Newsletter


0 Comments to "युवा"
Post a Comment