गजल/राज एकान्त






देशको छोरा प्रदेश छ, आहारको खोजीमा
घरमा पाकेको केश छ, सुसारको खोजीमा

बलीया दुई पाखुरा, बाकसमा फर्की आयो
देशमा 'एउटा देश' छ, उपचारको खोजीमा

कालो कालो कोटले, कालै फैसला सुनायो
पीडित उठी हिडेकोछ, तरवारको खोजिमा

सुत्केरी आमा बोक्नलाई, स्टेचर छैन गाउँमा
सरकार फगत् हिडीरहेछ, कारको खोजीमा

सहरको अग्लो घरबाट, रमिता हेर्छ रेडीयो
पुग्दैन कोही मेरो गाउँ, समाचारको खोजिमा
................................
२०७३/०३/१७ गते, 
खलंगा, प्यूठान


Related Posts

Subscribe Our Newsletter

1 Comments to "गजल/राज एकान्त"

daliborcahall said...

Casino & Hotel, Atlantic City - MapyRO
Casino 동해 출장안마 & Hotel, Atlantic City. 67415 춘천 출장안마 W Flamingo Dr, Atlantic 김포 출장마사지 City, NJ 08401. phone 08401 United States. Directions 나주 출장샵 · (609) 317-1000. Call Now · More 광명 출장마사지 Info. Hours, Accepts Credit Cards,