बाबालाई -सन्देश













बाबालाई -सन्देश

.............
बा !
मलाई कहीँ पुग्नु छैन - तिमी भन्दा पर
कहीँ पुग्नु छैन ।
तर,
तिम्राे छाती जस्ताे
संसार फराकिलाे रहेनछ बा !
कहिले यता ठाेकिन्छु
कहिले उता
तिम्राे अाखाँ जस्ताे
संसार उज्यालाे रहेनछ बा !
कहिले लड्छु
कहिले पाेखिन्छु
तिम्राे मन जस्ताे
संसार ठूलाे रहेनछ बा !
कहिले चेपिन्छु
कहिले थिचिन्छु
तिम्राे काठ ताछ्ने बन्चराेले
तिम्राे हातलाई चिने जस्ताे
मलाई चिन्न सकेन -मेराे कलमले
तिम्रो तारे-फुर्केले
तिमीलाई मेलाे दिए जस्ताे
मलाई मेलाेमेसाे दिएन - मैले पढेकाे पुस्तकले
तिम्राे मनकाे मुस्कान जस्ताे
संसार निश्चल रहेनछ बा !
कहिले हारमा पर्छु
कहिले मारमा पर्छु
याे शहरमा
सिर्फ ठगहरू छन्
कि त ठगीनेहरू छन् ।
त्यसाे त याे निकम्मा सरकार पनि
नागरिक ठग्नमा उद्धत्त छ ।
खैर,
मलाई कहीँ पुग्नु छैन बा ! - तिमी भन्दा पर
कहीँ पुग्नु छैन ।
समय भन्दा बलवान् काेही रहेनछ
कर्म भन्दा महान काेही रहेनछ
कतै बचेको भए
म प्रतिकाे तिम्राे बिश्वास
याे कविता हाेइन बा !
म छिट्टै तिम्राे साथमा हुनेछु ।

‍.....................................
२०७६/०३/३ गते । काठमांडाै ।

Related Posts

Subscribe Our Newsletter

0 Comments to "बाबालाई -सन्देश"