केही गजल



राज एकान्त



आउ यार तिमीलाई चुरा किनी दिन्छु
शीर देखि पाउ सम्म पूरा किनी दिन्छु

दालचामल नुनतेल एकैपटक सकियो
बेचेर आफैलाई सबै कुरा किनी दिन्छु

कलमले लेख्न सकेनउसले ईतिहास
अब कलमको सट्टामा छुरा किनीदिन्छु

चिन्ता नलेउ आमाले छोरीलाई भनिन्
दाईजोले तेरो सासू ससुरा किनी दिन्छु

पहाडले घडेरी माग्दा तराईले यो भन्यो
ल देउ म तिम्रा सबै टाकुरा किनी दिन्छु


उनको मायालेमेरो जोवन खायो
छोडी दिन्छु भन्दा पनि मन खायो

बीस लागेपछिविष लाग्दो रैछ
हेर्दाहेर्दै जिन्दगीले बचपन खायो

सहरमा बेरोजगारीलाई खाजा चाहिएन
साझबिहान घरबेटीको गनगन खायो

जाडोमा जाडोहरु लड्न थाले पछि
सरकार तिम्रो त्रिपालले चड्कन् खायो ।

जिन्दगी सधै एकनासको नहुदो रहेछ
भरोसा एक मुठ्ठी सासको नहुदोरहेछ

तीलचामल छरीयो, शीरै भरी लौ
तर यो मन पचासको नहुदो रहेछ

कहिले पुर्ब पुग्छु म  कहिले पश्चीम
गन्तब्य एउटै बतासको नहुदो रहेछ

कहिले फुल्छ मन कहिले ओईलाउछ
मनको मौसम बाह्रैमासको नहुदो रहेछ

रुप रंग सम्पति जीउँ हुदा सम्म
मरे पछि लासको नहुदो रहेछ ।
  

जिन्दगी सधै एकनासको नहुदो रहेछ
भरोसा एकमुठ्ठी सासको नहुदो रहेछ

तील चामल छरियो शिरैभरी लौ
तर यो मन पचासको नहुदो रहेछ

कहिले पुर्व पुग्छु कहिले पश्चिम पुग्छु
गन्तब्य एउटै बतासको नहुदो रहेछ

कहिले खडेरी लाग्छ, कहिले झरी पर्छ
मनको मौसम बाह्रैमासको नहुदो रहेछ

यो मन, त्यो बेला सम्म सानो हुदैन
जबसम्म कोही आफ्नो बिरानो हुदैन

यहाँ कानुन यस्तो हालतमा उँघेर बसेको छ
जहाँ पीडितको आँखा कहिल्यै ओभानो हुदैन

उसले बन्दुक यस कारणले उठायो
किन भने मन सधै अचानो हुदैन

सरकार अाेट देउ उनीहरुलाई
जो संग बस्नलाई छानो हुदैन


देशको छोरा प्रदेश छ आहारको खोजीमा
घरमा पाकेको केश छ सुसारको खोजिमा

बलीया दुई पाखुरा बाकसमा फर्की आयो
देशमा एउटा देश छ उपचारको खोजीमा

कालो कालो कोटले कालै फैसला सुनायो
पीडित उठी हिडेकोछ तरवारको खोजिमा

सुत्केरी आमा बोक्नलाई स्टेचर छैन गाउँमा
सरकार फगत् हिडीरहेछ कारको खोजीमा

सहरको अग्लो घरबाट रमिता हेर्छ रेडीयो
पुग्दैन कोही मेरो गाउँ समाचारको खोजिमा


जब चुनाव सकियो नेताहरु गाउँ छाडे
बेरोजगार जति सबै युवाहरु गाउँ छाडे

सहर पसेको छोरा गाउँ फर्की आएन
बुढेसकालमा आमा-बाहरु गाउँ छाडे

खोल्नेले दोस्रो भाषी स्कुल खोलीदियो
तब हाम्रा आफ्ना, भाषाहरु गाउँ छाडे

सरकारले डोजर चलाईदियो गाउँमा
बचपनका सबै संगी चराहरु गाउँ छाडे

गाउँमा ट्याक्टर ट्रकको बैठक चल्दा
बिचरा रुदै बयल -गाडाहरु गाउँ छाडे


१०

हेर्दै जाउ अब छिट्टै कोही आउन सक्छ
उसले मेरो संसारमा तारा सजाउन सक्छ

अस्सली पाईलट भन्नु त बतास हो
जो यती सजिलै बेलुन उडाउन सक्छ

भगवान छन मसंग, भगवान बा-आमा
जसले म जस्तो जीवन जन्माउन सक्छ

सरकार उसलाई देश निकाला गरियोस
जो बाआमालाई बूद्धाश्रम पठाउन सक्छ

एकान्त हुँदा पनि एक्लो हुनु पर्दैन उसलाई
जसले मुटुमा तिम्रो याद बचाउन सक्छ


Related Posts

Subscribe Our Newsletter

0 Comments to "केही गजल"