गीत
Friday, March 22, 2019
Add Comment
म आउछु सपनीमा, तिमी पर्खी बस्नु
दु:ख-सु:ख जे भएनि अंगालोमा कस्नु
फूल मात्रै होइन जीवन, हो काडा पनि
सपनीमै किन नहोस नजाउ टाढा बनि
काडा बिझे पैतालामा, सियो बनी पस्नु
सु:ख-दु:ख जे भएनि अंगालोमा कस्नु
खडेरीको धर्ति सरी, उजाड बने भने
उदास उदास रोईरहेको रात बने भने
धर्म होला तिमीलाई बर्षात बनी खस्नु
सु:ख-दु:ख जे भएनि अंगालोमा कस्नु
गीत २
नहेर दरिद्र सोचाईले, म हुँ - देशभक्त ।
बोकेर यहाँ देशप्रेम, उम्लन्छ मेरा रक्त ।।
राष्ट्र-को सच्चा पहरेदार, म हुँ सिपाही
को छ यहाँ देशद्रोही ? म दिन्छु गबाही
सत्यसत्य म बोल्न सक्छु, नबनि आशक्त
बोकेर यहाँ देशप्रेम, उम्लन्छ मेरा रक्त ।।
लाग्न दिन्न बिदेशी आखाँ, नेपाली माटोमा
सखाप पार्छु आएमा बैरी, यो मेरो बाटोमा
पराईले छोए यो उर्बर भूमि, बन्नेछ बिषाक्त
बोकेर यहाँ देशप्रेम, उम्लन्छ मेरा रक्त ।।
Related Posts
Subscribe Our Newsletter


0 Comments to "गीत"
Post a Comment