कविता/राज एकान्त




उपचार



मनमा चोट छन् अनेक 

आऊ तिमीले उपचार गर । 


आऊ...

नजरको सियोले टाँका लगाऊ

मुस्कानको मलहम दल 

अङ्गालोको पत्ती बाँध ।


अलिकति सहानुभूतिको अश्रुझोल

केही प्रेमील शब्दको क्याप्सुल

केही चुम्बनको सिरिन्ज

यस्तै यस्तै केही....


प्रेस्क्रप्सनको जरुरत छैन 

लगाऊ उन्मादको -एनेस्थेसिया 

बेहोस बनाउ मलाई 

र खोज

कता खसे खुसीका झिलमिल ताराहरू ? 


पत्ता लगाऊ

किन साँघुरो भयो मलाई - देश ?

 किन साँघुरो भयो मलाई- आफू हिँड्ने बाटो ?


मनमा चोट छन् अनेक 

आऊ तिमीले उपचार गर । 

****

अप्रिल १४, २०२३

बलम्बु, काठमाडौं ।



Related Posts

Subscribe Our Newsletter

0 Comments to "कविता/राज एकान्त"